राष्ट्रपतिद्धारा दल विभाजन सम्बन्धी अध्यादेश जारी - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रपतिद्धारा दल विभाजन सम्बन्धी अध्यादेश जारी


काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको अध्यादेश जारी गरेकी छन् ।

दल विभाजन गर्नलाई सजिलो बनाउने गरी ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस अध्यादेशले दल विभाजनलाई सजिलो बनाउने भन्दै पूर्वमाओवादीसहित पूर्वएमालेका केही नेताहरुले अध्यादेशको विरोध गरिरहेका छन् । सरकारका केही मन्त्रीहरुले पनि यो अध्यादेशविरुद्धमा उभिएका छन् ।

त्यस्तै संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि)सम्बन्धी पहिलो संशोधन अध्ययादेश, २०७७ समेत जारी गरेकी छिन् ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकको मन्त्रिपरिषदले पारित गरेको दुवै अध्यादेश तत्कालै राष्ट्रपतिकहाँ र्पुयाइएको थियो । सोमवार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी गरिएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी गरेको जानकारी दिएको छ ।

 

सम्बन्धित खवर