उदयपुरमा थप ११ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमित ४२ पुग्यो - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उदयपुरमा थप ११ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमित ४२ पुग्यो

काठमाडौ  / उदयपुरका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । । यो संगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ ।

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार दोहोर्याएर गरिएको परीक्षण रिपोर्टमा पनि कोरोना पोजेटिभ आएको जानकारी दिए ।

यसअघिको कोरोना संक्रमण पुष्टि भएकाहरु मध्ये १२ जना उदयपुरका रहेका थिए । मंगलबार थप ११ जनामा पनि कोरोना संक्रमण पोजेटिभ आए संगै उदयपुरमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।

यसअघि उदयपुरमा आज नै एक पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो आठजनाको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा पोजेटिभ रिपोर्ट आएपछि फेरि परीक्षणका लागि नमुना धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँ परीक्षण गर्दा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै उदयपुरकै थप दुईजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर बिधिबाट परीक्षण गरि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

मंगलबार नै स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उदयपुरकै एकजना र सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठजना गरी ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जना निको भएका छन ।

सम्बन्धित खवर