दमकमा आजदेखि स्वाब परिक्षण गरिदै - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा आजदेखि स्वाब परिक्षण गरिदै


दमक / झापाको दमक नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भए संगै स्वाब सङ्कलन गरिने भएको छ ।

आइतबार बिहानदेखि कोरोना संक्रमण पुष्टि भएको वडामा संक्रमण फैलन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । स्वाब परिक्षले सङ्क्रमणमा नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ ।

कोरोना संक्रमण पुष्टि भए लगतै शनिबार बिहानैदेखि दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी–१ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजर्मासम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी–१ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्र सिल गरिएको छ ।

दमक नगरपालिकाले सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सङ्क्रमितको घर र नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको नगर उपप्रमुख गीता अधिकारीले बताए ।

सिल गरिएको क्षेत्र भित्र आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको छ ।

सम्बन्धित खवर