वीरगञ्जमा थप दुई जना कोरोना संक्रमित भेटिए - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वीरगञ्जमा थप दुई जना कोरोना संक्रमित भेटिए


काठमाडौं / वीरगञ्जमा थप दुईजना कोरोना भाइरस (कोभिड १९) को संक्रमित भेटिएका छन् ।

आइतवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना ५० वषीय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवैजनालाई हाल वीरगञ्जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको ।

त्यसरीनै वीरगञ्जकै कोरोना विशेष अस्पतालमा उपचाररत चारजना आजै डिस्चार्ज हुँदैछन् । डिस्चार्ज हुनेमा तीनजना भारतीय जमाती हुन् भने एकजना नेपाली युवक रहेका छन् ।

सम्बन्धित खवर