आईतबार एकैदिनमा कोरोना संक्रमित ४ जना डिस्चार्ज, नेपालमा निको हुने संख्या १६ पुग्यो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईतबार एकैदिनमा कोरोना संक्रमित ४ जना डिस्चार्ज, नेपालमा निको हुने संख्या १६ पुग्यो

काठमाडौ / नेपालमा आइतबार एकैदिनमा कोरोना संक्रमण पुष्टि भएका ५१ जना मध्ये ४ जना निको भएर डिस्चार्ज भएका छन् ।

आइतबार थप ४ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा कोरोना संक्रमणपछि निको हुनेको संख्या १६ पुगेको जनाएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सुदूरपश्चिम प्रदेशका पाँचजना संक्रमितमध्ये चारजना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौटहटका १९ वर्षीय युवक १२ औँ दिनमा र भारतीय धर्म प्रचारक जमाती समूहका ३ जना पुरुष १५ औँ दिनमा निको भएर घर फर्किएको बताए ।

सम्बन्धित खवर