इलाममा ३ सय १२ को ¥यापिड डायगानोस्टिक टेस्ट, सबैको रिपोर्ट नेगेटिभ - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा ३ सय १२ को ¥यापिड डायगानोस्टिक टेस्ट, सबैको रिपोर्ट नेगेटिभ


इलाम / इलाममा हाल सम्म ३ सय १२ जनाको ¥यापिड डायगानोस्टिक टेस्ट गरिएको छ । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

जिल्लाको इलाम नगरपालिकाका ५८, सूर्योदय नगरपालिकाका ७, देउमाई नगरपालिकाका २९, माइ नगरपालिकाका ४७, चुलाचुली गाउँपालिकाक १३, माइजोगमाई गाउँपालिकाका १६, माङसेबुङ गाउँपालिकाका १८, फाकफोकथुम गाउँपालिकाका ४३, रोङ गाउँपालिकाका ६९ र सन्दकपूर गाउँपालिकाका १२ जनाको ¥यापिड डायगानोस्टिक टेस्ट (आरडीटी) गरिएको जिल्ला प्रशासन कार्यालय इलामले मंगलबार एक प्रेस नोट जारी गर्दै जानकारी गराएको छ ।

साथै इलाममा हाल सम्म चार जनाको पिसिआर विधिबाट परिक्षण गरएिको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

इलाममा हाल सम्म ९ हजार ६ सय ३ घरपरिवारलाई राहात वितरण गरिएको छ । जिल्लाको विभिन्न स्थानिय तहमा रहेका ९ हजार ६ सय ३ घर असंगठित मजदुर र विपन्न परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

इलाम नगरपालिकामा २ हजार ५ सय ३४ , सूर्योदय नगरपालिकामा ५ सय ५४, देउमाई नगरपालिकामा २ सय ६८, माइ नगरपालिकामा १ हजार ९ सय ४४, चुलाचुली गाउँपालिकामा १ हजार ५ सय ३९, माइजोगमाई गाउँपालिमकामा ३ सय ९, माङसेबुङ गाउँपालिकामा १ हजार १ सय ९५, फाकफोकथुम गाउँपालिकामा ७ सय ८९ र रोङ गाउँपालिकामा ४ सय ४७ घरपरिवारलाई राहात वितरण भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत सफल पोर्तेलले जानकारी दिए ।

सम्बन्धित खवर