माङसेबुङ सहकारीले पाँच लाख बराबरको दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्दै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ सहकारीले पाँच लाख बराबरको दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्दै

माङसेबुङ  / इलामको माङसेबुङमा दैनिक उपभोग्य वस्तुको अभावलाई आपूर्तिमा सहज पार्ने उदेश्यले पाँच लाख बराबरको खाद्यन्न तथा खाने तेलको व्यवस्थापन गरिएको छ ।

माङसेबुङमा अवस्थित माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.द्धारा संचालक समितिको गत बैशाक १६ गते बसेको बैठकको निर्णय अनुसार उक्त उक्त दैनिक उपभोग्य वस्तुको व्यवस्थापन गरिएको हो ।

माङसेबुङ सहकारीका व्यवस्थापक चनबहादुर सेर्मा लिम्बूले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)को कारण नेपाल सरकारले जारी गरेको लकडाउन अवधिमा दैनिक उपभोग्य वस्तुको अभावलाई ध्यानमा राख्दै माङसेबुङ परिसरमा आर्पुिर्तमा सहज पार्न र सुलभ मुल्यमा उपलव्ध गराउने उदेश्यले माङसेबुङ सहकारीद्धारा स्पेशल कान्छी चामल एक सय बोरा(३० के.जी.) र सूर्यमुखी तेल एक सय कार्टुन व्यवस्थपन गरिएको बताए ।

व्यवस्थापक चनबहादुरका अनुसार लिम्बूलेस्पेशल कान्छी चामल प्रति बोरा(३० के.जी.) १४ सय ८० रुपैंयाँका दरले र सूर्यमुखी तेल प्रति कार्टुन १६ सय ५० रुपैंयाँका दरले मंगलबार अर्थात भोलि देखि सहकारीको आफ्नै भवनबाटै विक्रि वितरण गर्ने तयारी रहेको छ ।

यसैगरि आपुर्ति समय भने विहानको १० बजे देखि दिउसो १ वजे सम्म तोकिएको जनाएको छ ।

सम्बन्धित खवर