लिपुलेकबारे वार्ता गर्न कोरोना अन्त्यसम्म पर्खिन नसक्ने सरकारको स्पष्टता - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिपुलेकबारे वार्ता गर्न कोरोना अन्त्यसम्म पर्खिन नसक्ने सरकारको स्पष्टता


काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेर भारतले बनाएको सडकबारे वार्ता गर्न लामो समय पर्खन नसक्ने नेपाल सरकारले बताएको छ ।

सीमा समस्याबारे भारतले कोरोना भाइरस (कोभिड–१९) को महामारीको समाप्ती पछि वार्ता गर्ने जनाएको छ । तर नेपालले त्यसबेलासम्म पर्खिन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको कुरा राख्दै भने, ‘भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेर । कोरोनाको समाप्तीपछि वार्ता गर्न तयार छौं भनेको रैछ । तर हामी त्यति लामो समय पर्खिने पक्षमा छैनौं । छिटो वार्ता सुरु गर्नुपर्छ भन्ने पक्षमा छौ ।’

नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेपछि यतिबेला विवाद उत्पन्न भइरहेको छ ।

समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले भारतसँग भर्चुअल वार्ता गर्न सुझाएका थिए । भर्चुअल वार्ताको डाटा सुरक्षालगायतको प्रश्न उठ्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । तर सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा नरहेको उनले बताए । मन्त्री ज्ञवालीले भने, ‘नोभेम्बर २ देखि निरन्तर ताकेता गरिरहेका छौं ।’

सम्बन्धित खवर