मृत सुत्केरी महिला कोरोना पोजेटिभ, अस्पताल सील - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मृत सुत्केरी महिला कोरोना पोजेटिभ, अस्पताल सील


काठमाडौं  / धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी सुत्केरी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

धुलिखेल अस्पतालको ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ । विज्ञहरुका अनुसार एउटा पिसिआर मेसिनमा पोजेटिभ आइसकेको एउटै नमुनाको रिपोर्ट अर्को पिसिआर मेसिनमा नेगेटिभ आउने सम्भावना हुन्छ ।

कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको श्वासप्रस्वासमा समस्या देखिएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृत्यु भएकी ती महिलाको ९ दिनको बच्चा रहेको जानकारी प्राप्त भएको छ ।’ उनी सिन्धुपाल्चोक जिल्ला बाह्राबीसे नगरपालिका वडा नं. ९ निवासी हुन् ।

गत वैशाख २५ गते त्रि.वि शिक्षण अस्पताल काठमाडौंबाट सामान्य रुपमा सुत्केरी भइ डिस्चार्ज गरी घर गएकी थिइन् । तर, अआनक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो ।

यसै कारण धुलिखेल अस्पताललाई सिल गरिएको छ । मृत्यु भएकी महिलाको स्वाब धुलिखेलस्थित ल्याबमा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पताल सिल गरिएको हो । अहिले कोरोना नियन्त्रण तथा रोकथाम जिल्ला कमाण्ड पोस्टको बैठक बसिरहेको छ । जिल्ला स्वास्थ्य प्रमुख डा. नरेन्द्र झाले कमाण्ड पोस्टको बैठक बसिरहेको जानकारी दिए । उनले महिलामा कोरोना पुष्टिबारेमा आधिकारिक थाहा नभएको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउने उल्लेख गरे ।

सम्बन्धित खवर