थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो


काठमाडौं  / नेपालमा थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रेका २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यसैगरि नेपालमा संक्रमित मध्ये ३६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर