सरकारको कार्यविधि अनुसार कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन यसरी गरिन्छ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारको कार्यविधि अनुसार कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन यसरी गरिन्छ

काठमाडौँ / सरकारले कोरोना भाइरस(कोभिड–१९) का कारण मृत्यु भएका व्यक्तिहरुका शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ जारी गरेकोे छ ।

सरकारले जारी गरेको कार्यविधिमा कोरोना भाइरस(कोभिड–१९) को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न नहुने उल्लेख छ ।

चैत्र २५ गते जारी उक्त कार्यविधि अनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।

कार्यविधिमा मृतकको आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मटिर टाढाबाट पालैपालो एक एकजनाले शव हेर्न सक्नेछन् ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुनेतथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

त्यसैगरी शवलाई डिसइन्फेक्टेन्ट गर्नु आवश्यक नरहेको तर, शवको पोस्टमार्टम गरेपश्चात तुरुन्त सामाग्रीहरु डिसइन्फेक्टेन्ट गर्नुपर्ने कार्य्विधिमा समावेश छ ।

यस्तो छ कार्यविधि :

सम्बन्धित खवर