बाँके / बाँके नरैनापुर क्वारेन्टाइनमा बसेका ४७ जना, विराटनगर र भैरहवालगायतमा थप ४ गरी जना ५३ जना थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार बाँके जिल्लाको नरैनापुर क्वारेन्टाइनमा बसेका ४७ जना संक्रमित मध्ये ४६ जना पुरुष र एक जना महिला रहेको छ ।
त्यस्तै विराटनगर र भैरहवालगायत थप ४ जनामा कोरोना पुष्टि भएको हो । यो संगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
नरैनापुर क्वारेन्टाइनमा रहेका एक युवाको आइतबार क्वारेन्टाइनमै निधन भएकोे थियो । ती युवाको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो ।
सो युवा रहेकै क्वारेन्टाइनमा बसेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो । जसमा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पतालले जनाएको छ । बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएको छ ।