बिर्तामोड नगर क्षेत्र सिल गर्ने बिर्तामोड नगरपालिकाको निर्णय - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिर्तामोड नगर क्षेत्र सिल गर्ने बिर्तामोड नगरपालिकाको निर्णय


बिर्तामोड / झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

बिहिबार सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राती १२ बजेदेखि बिर्तामोड क्षेत्र शिल गर्ने निर्णय गरेको हो ।

बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिए ।

स्वास्थ्य तथा कृषि बाहेकका सबै सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने ,अस्पताल, औषधि पसल, शव बाहन र एम्वुलेन्सको सेवा नरोकिने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले बताएका छन् ।

दुग्ध उत्पादन विक्रि वितरण, बीउबीजन र मलको उत्पादन तथा बिक्री वितरणमा कुनै रोक लगाइएको छैन भने पशु उपचार सेवामा पनि छुट दिने निर्णय नगरपालिकाले सार्वजनिक गरेको अपीलमा उल्लेख छ ।

घुम्ती सेवामार्फत बिहान ८ देखि १२ सम्म तरकारी बिक्री गर्न पाइनेछ । नगरभित्र सञ्चालन भइरहेका विकास आयोजनाको काम भने नरोकिने भएको छ ।

यस्तो छ नगरपालिकाको अपिल

सम्बन्धित खवर