लकडाउन जेठ ३२ सम्म थप गर्ने सरकारको निर्णय - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउन जेठ ३२ सम्म थप गर्ने सरकारको निर्णय

काठमाडौं / विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) को रोकथामको लागि उच्च सतर्कता अपनाउदै सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय थप गर्ने निर्णय गरेको छ ।

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको बैठकले अन्तराष्ट्रिय सिमानाका र विमानस्थल भने असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यसबीचमा लकडाउनको मोडालिटी परिवर्तनबारे समेत छलफल गरिने एक मन्त्रीले जानकारी दिए । यस्तै सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।

नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

सम्बन्धित खवर