काठमाडौं / संघीय संसदको बैठकमा संविधान संशोधनको लागि विधेयक पेश गर्ने भएको छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा संशोधन विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
यसअघि जेठ १४ को संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेको थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने समय मागेपछि विधेयक पेश गर्ने अन्तिम समयमा रोकिएको थियो ।
आजै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची रहेको जनाएको छ ।