कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं / कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बाजुराको आइसोलेसनमा बसेकी एक बालिकाको मृत्यु भए संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

मृत्यु भएकी ती बालिकाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।

बाजुराको जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा रहेकी दुई वर्षीया बालिकाको गएराती मृत्यु भएको थियो । अभिभावकसँग भारतबाट आएकी उनको गएराती मृत्यु भएको अस्पतालका प्रमुख डा.रुपचन्द्र बिकले जानकारी दिए ।

गाउँको क्वारेन्टाइनमा रहेकी उनलाई स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनलाई ज्वरो आउने र बान्ता हुने समस्या थियो ।

अस्पतालले बालिकासँगै उनको आफन्तको पनि स्वाब परीक्षणका लागि पठाइएको थियो । उनकी आमामा पनि कोरोना भाइरस संक्रमण पाइएको छ ।

सम्बन्धित खवर