नेपालमा थप २०१ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या २३०० पुग्यो - Mangsebung News
  • बिहिबार, जेठ २८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २०१ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या २३०० पुग्यो

काठमाडौं / नेपालमा थप २ सय १ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । यस संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको संख्या २ हजार ३ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार थपिएका संक्रमितहरु धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना रहेका छन् ।

नेपालमा  कोरोनाबाट निको हुनेको संख्या २७८ पुगेको छ, भने ९ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर