नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या १० पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या १० पुग्यो

काठमाडौं / नेपालमा कोरोना भाईरस(कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, उपचारका क्रममा दुई दिनअघि पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी पूर्वखोला गाउँपालिकाका हुन । उनी पाँच दिनअघि भारतबाट आएका थिए । उनी क्वारेन्टीनमा रहँदा स्वास प्रश्वासको समस्या भएपछि उपचारका लागि मिसन अस्पताल भर्ना गरिएको थियो ।

योसंगै नेपालमा कोरोना भाईरस(कोभिड–१९)को संक्रमणबाट मृत्यू हुनेको संख्या १० पुगेको छ ।

सम्बन्धित खवर