बिहिबार ३ सय ३४ जना थपिए, कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहिबार ३ सय ३४ जना थपिए, कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो

काठमाडौं / नेपालमा थप ३ सय ३४ जनामा कोरोना भाईरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

बिहिबार स्वास्थ्य मन्त्रालयका अनुसार थप ३ सय ३४ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

यस संगै नेपालमा कोरोना भाईरस(कोभिड–१९) संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । संक्रमित हुनेहरुमा दैलेखका १ सय १३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १ जना रहेका छन् ।

यसैगरि सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो ।

त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपालमा उपचार पछि निको भएर घर फर्किनेको संख्या २ सय ९० पुगेको छ । यसैगरि १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर