सरकारले लकडाउनको मोडालिटी परिवर्तन ग¥यो, के खुले, के खुलेनन् ? - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारले लकडाउनको मोडालिटी परिवर्तन ग¥यो, के खुले, के खुलेनन् ?

काठमाडौं / सकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ । सकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो पारेपछि विभिन्न क्षेत्र खुल्न थालेका छन् ।

बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिको सिफारिस अनुसार पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकको निर्णयसँगै विभिन्न क्षेत्रहरु खुल्न थालेका छन् । निजी सवारी साधनमा जोर र विजोर गरेर सञ्चालनको अनुमति दिइएको छ ।

बिहिबार देखि निम्न कुराहरु खुल्ने भएका छन्

– स्वास्थ्यसँग सम्बन्धित सबै प्रकारका सेवाहरु
– औषधि, खाद्य तथा पेय पदार्थ, अण्डामाछामासु, खानेपानीका सबै सेवाहरु, तरकारी तथा फलफूल, दुग्ध पदार्थका सबै सेवाहरु
– पेट्रोलियम पदार्थ तथा फोहोरमैला व्यवस्थापनका सबै सेवाहरु
– विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा हुलाक सेवा
– कृषि तथा पशुपंक्षीसँग सम्बन्धित सबै कामहरु
– उत्पादनशील उद्योग, कलकारखाना, निर्माण सामग्री र तीसँग सम्बन्धित व्यवसाय
– सबै प्रकारका विकास आयोजनाहरुको काम
– सबै प्रकारका निर्माण कार्य
– नदी तथा खानीजन्य पदार्थ, उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
– रेष्टुरेन्टबाट हुने प्याकिङ तथा ओसार पसार
– क्वारेन्टाइनका लागि तोकिएका होटल, बिजुलीका सामान बिक्री तथा मर्मत, विद्युतीय उपकरण, मेसिनरी तथा सवारी साधनको मर्मत गर्ने वर्कसप
– पुस्तक पसल, स्टेसनरी र यससँग सम्बन्धित सबै कार्य
– अत्यावश्यक सेवाका सबै कार्यालय
– सबै प्रकारका सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तीय संस्था (बढीमा ५० प्रतिशत कर्मचारी रहनेगरी)

निम्न् कुराहरु बन्द नै रहनेछन्

– सबै प्रकारका शैक्षिक संस्था
– सपिङ मल, डिपार्टमेन्टल स्टोर ९खाद्य पदार्थबाहेक०
– सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
– अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
– लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन
– तोकिएका बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत
– मेला महोत्सव, जात्रा, सभा, सम्मेलन तथा प्रदर्शनहरु
– २५ जनाभन्दा धेरै सहभागी हुने बैठक, सेमिनार, तालिम
सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
–व्यवसायिक रुपमा सञ्चालन भइरहेका स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटिपार्लर
– समूहमा खेलिने सबै प्रकारका खेलकुद
– खेल मैदान वा अन्य क्षेत्रमा हुने सामुहिक प्रस्तुति

सम्बन्धित खवर