एजेन्सी / स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसबिरुद्ध २–० गोल अन्तरले सहज जीत निकालेको छ ।
मंगलबार राति भएको खेलमा घरेलु टिम बार्सिलोनाले लेगानेसलाई २–० गोल अन्तरले पराजित गर्दै सहज जीत निकालेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र अंशु फातीले गोल समान १/१ गोल गरे ।
बार्सिलोनाले पहिलो हाफको ४२औं मिनेटमा अंशु फातीको गोलमा १–० गोलको अग्रता बनाएको थियो ।
त्यसपछि दोस्रो हाफको ९औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनल्टी मार्फत थप एक गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
जीतसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६४ अंक भएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँग ५ अंकको अग्रता बनाएको छ ।