भारतीय सेना प्रमुख नरभाने लद्दाख भ्रमणमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतीय सेना प्रमुख नरभाने लद्दाख भ्रमणमा

एजेन्सी / भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने दुईदिने भ्रमणका लागि लद्दाख पुगेका छन् ।

सेना प्रमुख नरभाने मंगलबार लद्दाख पुगेर त्यहाँको गतिविधि अवलोकन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्रमणको क्रममा नरभानेले भारत–चीन सीमाक्षेत्रमा जुन १५ मा भएको झडपमा परी घाइते भएका सैनिकहरुसँग अस्पतालमा पुगेर स्वास्थ्यस्थितबारेमा पनि जानकारी लिएका थिए ।

झडपपछि भारत–चीन सीमाक्षेत्रमा तनाव बढेको छ । लद्दाखको गलवान क्षेत्रमा भारत र चीनबीच भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खवर