इंगलिस प्रिमियर लिगको उपाधि लिभरपुलको कव्जामा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इंगलिस प्रिमियर लिगको उपाधि लिभरपुलको कव्जामा

एजेन्सी । इंगलिस प्रिमियर लिगको उपाधि लिभरपुलले कव्जा गरेको छ ।

बिहिबार राति सम्पन्न प्रिमियर लिगको खेलमा चेल्सीले म्यान्चेष्टर सिटिलाई हराएपछि लिभरपुलले उपाधि कव्जा गरेको हो ।

म्यान्चेष्टर सिटिले चेल्सीसँग हार बेहोर्दा लिभरपुल उपाधि जित्न सफल भएको हो । सन् १९८९–१९९० पछि लिभरपुलले यो पहिलो प्रिमियर लिगको उपाधि कव्जा गरेको हो ।

लिभरपुलले उपाधि जितेको यो १९ औं अवसर पनि हो । एनफिल्डका मेयरले घरमै बसेर खुशीयाली मनाउन आव्हान् गरेपनि लिभरपुलले उपाधि जितेसँगै एनफिल्डमा हजारौं समर्थक जम्मा भई बधाई तथा खुसीयाली आदानप्रदान गरे ।

लिभरपुलका गोलकिपर एलिस्सन, डिफेन्डर भर्जिल भान डाइक र मीडफिल्डर एलेक्स अक्सलैड चैम्बरलैन सिटि र चेल्सीबीचको खेलपछि सँगै बसेर खुशीयाली मनाए ।

 

सम्बन्धित खवर