दमकमा थप ३ जना र मेचीनगरमा १ जनागरी झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा थप ३ जना र मेचीनगरमा १ जनागरी झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापामा शुक्रबार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै झापामा संक्रमितको संख्या २ सय २१ पुगेको छ ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार झापाको दमकका एक महिला र दुई पुरुष र मेचीनगरका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये मेचीनगर वडा नं १ का १८ बर्षीय पुरुष भारतबाट आएर देवी आधारतभुत विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।

यसैगरि दमक नगरपालिका वडा नं ३, का १ महिला कुबेतबाट आएकी हुन् भने दमक ८ र ९, का २ पुरुषहरु साउदी अरेबियाबाट आएका हुन् ।

फोकल पर्सन जीवन चम्लागाइले संक्रमित महिला दमक स्थित सिएमए क्याम्पसको क्वारेन्टिनमा रहेको र पुरुष संक्रमितहरु मिष्ट कलेज क्वारेन्टिनमा रहेको बताए ।

सम्बन्धित खवर