विश्व क्रान्तिका नायक चे ग्वेभाराको जन्मघर बेचिँदै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्व क्रान्तिका नायक चे ग्वेभाराको जन्मघर बेचिँदै

एजेन्सी । विश्व क्रान्तिका नायक २०औं शताब्दीका वामपन्थी क्रान्तिकारी नेता अर्नेस्टो चे ग्वेभाराको जन्मघर बेचिने भएको छ ।

अर्जेन्टीनाको रोजारियो शहरस्थित २५८० स्क्वायर फुट क्षेत्रफलमा फैलिएको चे ग्वेभाराको घर बेचिने भएका हो ।

चे ग्वेभाराको जन्म सन् १९२८ मा अर्जेन्टीनाको रोजारियोमा भएको थियो । सन् २००२ मा फ्रान्सिस्को फर्रुग्गियाले खरिद गरेका थिए । उनले चे ग्वेभाराको घरलाई सांस्कृतिक केन्द्रको रुपमा बदल्न चाहेपनि कार्यान्वयन गर्न भने सकेका थिएनन् ।

चे ग्वेभाराको घर कति मूल्यमा बेचिँदैछ भन्नेबारे उनले कुनै जानकारी दिएका छैनन् । क्रान्तिकारी नेता ग्वेभाराको जन्मघर हेर्न हरेक वर्ष लाखौं मानिसहरु रोजारियो आउने गर्छन् ।

क्युबाली क्रान्तिमा अहम भूमिका चे ग्वेभाराले त्यहाँको बाटिस्टा तानाशाहीतन्त्र अन्त्य गरिदिएका थिए । क्युबामा राजनीतिक क्रान्ति सम्पन्न भएपछि ग्वेभाराले पूरै दक्षिण अमेरिका र विकासशील देशसम्म क्रान्ति विस्तार गर्ने योजना बनाएका थिए ।

क्रान्तिका लागि बोलिभियामा रहेका बेला सन् १९६७ अक्टोबर ९ तारिखमा ग्वेभाराको हत्या भएको थियो ।

 

सम्बन्धित खवर