कुबेरको जीवनमा दर्दनाक पिडा, मृगौला फेल भएकाले जीवन बचाई दिन सहयोगको अपील - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुबेरको जीवनमा दर्दनाक पिडा, मृगौला फेल भएकाले जीवन बचाई दिन सहयोगको अपील


दमक  / भनिन्छ मान्छेलाई ऋण लागोस् दीन नलागोस् । तर यस्तै भयानक दीन लागेको छ, आठराई गाउँपालिका वडा न. ४ ह्वाकु, तेह्रथुम निवासी कुबेर ईङनाम लिम्बुको जीवनमा ।

जीवनमा केही धन कमाउने सुखी जीवन बिताउने सपना पालेर प्रदेश भासिएको कुबेरको सपना ४ महिना नपुग्दै तुहिन पुग्यो । उनी धन कमाउने आशामा मलेसिया पुगेको ४ महिना पछि दुबै मृगौला फेल भएको भनेर कुबेर काम गरेको कम्पनीले घर पठायो ।

उनको आर्थिक अवस्था कमजोर छ । तर उपचारको लागि डाइलसिस गर्नुपर्ने र मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले जनाएको छ ।

मृगौला प्रत्यारोणका लागि उनलाई आफ्नै दिदीले मृगौला दिन भएकी छन् । तर डाइलसिस गर्न र मृगौला प्रत्यारोपण गर्न खर्च अभावले जीर्ण भएका छन् ।

पारिवारिक अवस्था कमजोर रहेको कारण औसधि उपचार पर्याप्त मात्रामा गर्न नसकेको कारण उनी आज तपाइहरुको सहयोगको आशमा त्रि. वि. शिक्षण अस्पतालको सैयामा छट्पटीरहेका छन ।

अझै बाचेर केही गर्ने सपना रहेको बताउने कुबेरलाई तपाईं हाम्रो सानो सहयोगले उनको जीवन बचाउनको लागि अमुल्य योगदान हुन सक्छ । उनको अमुल्य निर्दोष जीवनलाई पुनर जन्म दिन सकिने छ । त्यसैले उनको जीवन बचाउन सम्पुर्ण सहयोगी मनहरुलाई अपील गरिएको छ ।

उनलाई सहयोग गर्न चाहानुहुने मनकारी महानुभावहरुले तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

बुबा : श्याम इङनाम, सम्पर्क : ९८०३७९३५११
शेखर इङनाम, सम्पर्क : ९८६११६०७००

सम्बन्धित खवर