दमक नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम र्सावजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम र्सावजनिक

  • मुसाहाङ अम्याङसा

दमक। झापा दमक नगरपालिकाको सातौँ नगरसभाबाट पारित गरिएको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

आइतबार नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सातौँ नगरसभाबाट सर्वसम्मत पारित भएको आर्थिक बर्ष २०७७र७८ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७७र७८ का लागि एक अर्व ३१ करोड ३० लाख ३५ हजारको बजेट ल्याएको दमक नगरपालिकाका प्रवत्ता गिता अधिकारीले पारित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

कोरोना भाइरसका कारण जारी लकडाउनबाट नगरपालिकाको आन्तरिक आय र बिकास निर्माणका काममा परेको असरलाई मध्यनजर गर्दै बजेट तयार पारिएको नगरपालिकाका उपमेयर तथा प्रवक्ता गीता अधिकारीले पत्रकार सम्मेलनमा बताईन् ।

योजना तर्जुमा गर्दा दमकमा रहेका सबै राजनैतिक दल ,संघ संस्था, नागरिक समाज ,निर्वाचित जनप्रतिनिधि लगायतको सुझावलाई आधार बनाई तयार गरिएकोे बजेटले बिकास निर्माणमा बाँकी रहेका कामहरुमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बजेटमा कोरोना भाइरसको महामारीका कारण चालु आर्थिक बर्षमा अवरुद्ध भएका सबै बिकास निर्माण कार्यहरु आगामी आर्थिक बर्षमा पुरा गर्ने लक्ष्य लिइएको छ ।

बजेटका प्रमुख बिशेषताहरु

१. कोरोना भाइरस संक्रमणको महामारीका कारण चालु आर्थिक बर्षमा अबरुद्ध भएका सबै विकास निर्माणका कार्यहरु आर्थिक बर्ष २०७७÷०७८ मा पुरा गर्ने ।
२. सडक पक्की गर्ने, ग्राभेल गर्ने, पुल÷कल्र्भट, भवन निर्माण , ड्रेन निर्माण लगायतका भौतिक निर्माणका कार्यहरु र आर्थिक सामाजिक बिकास कार्यक्रम अन्तर्गत तालिम रोजगारी सृजना, स्वास्थ्य बिमा जस्ता कार्यक्रमहरुमा बस्तुगत लक्ष्य किटान गरिएको
३. बिदेशबाट फर्केर आएका (पहिलो प्राथमिकता) वा बिदेश जाने वाध्यता भएका व्यक्तिहरुले आफ्नो सीप र क्षमता अनुसारको पेसा व्यवसाय गर्न चाहेमा नगरपालिकाले (१६ बिगा) जग्गा, सिचाई, मल बिउ लगायतका पूर्बाधारमा लगानी गरी सामुहिक खेतीमा आबद्ध गर्र्न खनौ आफ्नै माटो, छोडौ बिदेशको बार्टो भन्ने अभियानका साथ व्यवसाय तर्फ उत्प्रेरित गर्ने ।
४. कृषकलाई निश्चित मापदण्डका आधारमा उत्पादमा अनुदान दिने ।
५. दमक नगरमा रेहका २ वटा माध्यमिक र एउटा आधारभूत विद्यालयलाई नगर नमुना विद्यालयको रुपमा विकास गर्ने ।
६. सामुदायिक विद्यालयका लागि २ वटा स्कुल बस खरिद गर्ने ।
७. दमक अस्पताललाई यसस क्षेत्रकै सुबिधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने, आगामी आर्थिक बर्षमा सुबिधा सम्पन्न भवन निर्माण गर्ने तथा उपकरणको व्यवस्था गर्ने ।
८. आम्दा अस्पताललाई सुबिधा सम्पन्न सामुदायिक अस्पतालको रुपमा अघि बढाउने ।
९. दमकका महिला, उद्यममा पहिला भन्ने नारालाई साकार पार्न र महिलाहरुलाई रोजगार बनाउने उद्देश्यले गार्मेन्ट उद्योग संचालन गर्ने ।
१०. दमक ८ स्थित सरस्वती मा वि. इटाभट्टाको जग्गा लिजमा लिई प्रदेश सरकारको सहयोगमा आधुनिक अर्गानिक सव्जीवजार निर्माण गर्ने ।
११. दमक ३ स्थित शहिद वन वाटिकामा डि.पि.आर. अनुसारको निर्माणका कार्य गरी आउँदो सिजनबाट पर्यटकीय गतिबिधि सुरु गर्ने र रोजगर्डेनको निर्माण गर्ने ।
१२. दमक ७ स्थित सुनचाँदी लाइनमा बहुद्देश्यीय व्यवसायिक भवन सुन चाँदी टावर सार्वजनिक निजी साझेदारबाट गर्ने कार्य , दमक ७ स्थित पंचमुखी टोलमा व्यवस्थित वजार निर्माण गर्ने तथा पशुहाटको पूर्ब र उत्तरमा व्यापारिक पसल कवल निर्माणको कार्य प्रारम्भ गर्ने ।
१३. कोरोना भाइरस संक्रमणका कारण धारासायी बनेको व्यापार व्यवसायको राहतका लागि व्यवसाय करमा १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट गर्ने ।
१४. वहाल करको दर १० प्रतिशतबाट घटाई वास्तविक मूल्यको २ प्रतिशतमा झारिएको ।
१५. रु ५०००÷– भन्दा बढी कर तिर्ने करदाताले तिरेको २५ प्रतिशत रकम छुट्टै कोषमा राखी करदाता ७० बर्ष पूरा भएपछि निजलाई फिर्ता दिने गरी करदाता सामाजिक सुरक्षा कोष खडा गर्ने व्यवस्था गरिएको ।
१६. दमक नगरपालिका भित्र दर्ता तथा सूचीकृत भई दमकलाई कार्यक्षेत्र बनाएर संचालन भएका संचार माध्यमहरुलाई नगरपालिलकासँग सहकार्य गर्ने गरी मासिक रकमको व्यवस्था गरिएको ।
१७. विश्वको अग्लो बुद्धमूर्ति निर्माण, दमक भ्यु टावर, दमक सभाहल, नेपाल चाइना फ्रेण्डसीप पार्क लगायतको कार्यहरु प्रारम्भ भइ सकेकोले यसमा तिब्रता दिन नगरपालिकाले साझेदारी र पहल गर्ने ।
१८. दमक बसपार्कलाई बहुतले बसपार्कको रुपमा विकास गर्न संघीय र प्रदेश सरकार समक्ष पहल गर्ने र साझेदारी रकमको व्यवस्था गर्ने ।
१९. आगामी आर्थिक बर्ष २०७७÷०७८ मा मुक्तिघाट निर्माण प्रारम्भ गर्ने ।
२०. कोरोना भाइरस संक्रमणबाट आर्थिक क्षति व्यहोरेको र पिडामा परेका सबै वर्गको राहत, क्षतिपूर्ति र रोजगारीसँग सबै पूर्वाधार निर्माण, आर्थिक र सामाजिक विकासका कार्यक्रमहरुलाई आवद्ध गर्ने ।
२१. विपन्न र असहाय वर्गको राहत, उद्धार र उत्थानका लागि कोहि एक्लो छैन कार्यक्रम संचालन गर्ने लगायतका रहेका छन् ।

खर्चको स्रोत

संघीय सरकारको संमानिकरण अनुदान बजेट १८ करोड ७७ लाख संघीय सरकारका शसर्त अनुदान ४१ करोड ९९ लाख , बिशेष अनुदान रु १ करोड ५० लाख , समपुरक अनुदान ४ करोड राजश्व बाँडफाड १० करोड ४३ लाख १९ हजार, प्रदेश सरकारको संमानिकरण अनुदान बजेट ८२ लाख ६१ हजार शसर्त अनुदान ३ करोड ११ लाख , बिशेष अनुदान २५ लाख समपुरक अनुदान १ करोड र राजश्व बाँडफाँडबाट रु ८ करोड ४२ लाख ७८ हजार ३ सय आन्तरिक स्रोतबाट ३७ करोड ९४ लाख ७८ हजार ९ सय ३० जिल्ला समन्वन समितिबाट ३० लाख लगायत खर्च स्रोतमा राखिएको उप–प्रमुख एवं प्रवक्ता अधिकारीद्धारा प्रस्तुत भएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलन नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर