चिनमा फेला प¥यो विश्वव्यापी महामारीको रुप लिन सक्ने नयाँ खतरनाक भाइरस - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चिनमा फेला प¥यो विश्वव्यापी महामारीको रुप लिन सक्ने नयाँ खतरनाक भाइरस

एजेन्सी । विश्व कोरोना संक्रमणको महामारीबाट गुज्रिइरहेका बेला चीनमा अनुशन्धानकर्ताहरुले महामारी फैलाउन सक्ने नयाँ खालको स्वाइन फ्लु पत्ता लगाएका छन ।

सन २००९ मा महामारीको कारण बनेको यो स्वाइन फ्लुलाई ‘जी फोर’ नाम दिइएको छ । यो फ्लु अनुवांशिक रुपमा एच वान एन वानकै रुप भएको अमेरिकी विज्ञान पत्रिका पीएनएएसले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार यो भाइरस सुँगुरमा हुन्छ तर यसले मानिसलाई पनि संक्रमित गर्न सक्छ ।

चिनियाँ विश्वविद्यालय र चीनकै रोग नियन्त्रक एवं रोकथाम केन्द्रका वैज्ञानिकहरुले यसमा मानिसमा संक्रमण फैलाउन सक्ने र अत्यधिक अनुकुलित हुनका लागि चाहिने सबै आवश्यक तत्वहरु रहेको बताएका छन ।

यो नयाँ भाइरस भएकोले यसप्रति मानिसको रोग प्रतिरोधक क्षमता नहुने र अत्यन्तै कम मात्रामा हुने बताइएको छ ।

सन २०११ देखि २०१८ सम्म अनुशन्धानकर्ताहरुले १० वटा चिनियाँ प्रान्त र एक पशु अस्पतालको बधशालामा रहेका ३० हजार सुंगुरको नाकबाट स्वाब संकलन गरेका थिए ।

त्यस क्रममा उनीहरुले १७९ प्रकारका स्वाइन फ्लुका भाइरसहरु फेला पारे । । यी सबै भाइरसहरु सन २०१६ मा सुंगुर र बंगुरमा प्रकोपकै रुपमा फैलिएका जस्तै रहेका छन । त्यस बेला सुंगुर र बंगुरहरुमा ज्वरो आउने, खोकी लाग्ने र हाछ्युँ आउने लक्षणहरु देखिएका थिए ।

वैज्ञानिकहरुको शब्दमा ‘जी फोर’ अत्यन्तै उच्च संक्रमण क्षमता भएको भाइरस हो । यसले मानव कोशिकाहरुमा अन्य भाइरसको तुलनामा अत्यधिक मात्रामा गंभीर लक्षणहरु उत्पन्न गराउँछ । यो
अनुशन्धानबाट वैज्ञानिकहरुले अर्को झनै गम्भीर विषय पनि पत्ता लागेको छ । त्यो हो, ‘जी फोर’ भाइरसको संपर्कमा आउँदा मानव शरीरमा रहेको प्रतिरक्षा शक्तिले सुरक्षा दिन सक्दैन ।

अर्थात मानिसको ईम्युन क्षमताले काम गर्दैन । यो भाइरसको संक्रमण भएकाहरुको रगतको परीक्षणका क्रममा शरीरमा बनेको एन्टीबडीको अध्ययन गरीएको थियो । जस अनुसार १०.४ प्रतिशतमा पहिले नै संक्रमण भएको पत्ता लागेको थियो । जनावरबाट मानव शरीमा सर्ने यो ‘जी फोर’ भाइरस मानिसबाट मानिसमा सर्ने नसर्ने बारे अहिलेसम्म कुनै वैज्ञानिक प्रमाण भने फेला परेको छैन ।

‘जी फोर’ भाइरस मानव शरीरमा प्रवेश गर्ने वातावरणले निरन्तरता पाइरह्यो भने महामारीको जोखिम बढ्ने भन्दै वैज्ञानिकहरुले चिन्ता ब्यक्त गरेका छन । जस अनुसार सुंगुर र बंगुर पालन र यस सम्बन्धि ब्यवसायसंग जोडिएका मानिसहरुलाई अधिक सावधानी अपनाउन आग्रह गरेका छन ।

सम्बन्धित खवर