सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना पुष्टि - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ सय ८० जनासहित देशभर संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएसंगै नेपालमा जम्मा ६ हजार ८ सय ११ उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ३५ पुगेकोे छ ।

सम्बन्धित खवर