सिलवाल राखेप सदस्यसचिवमा पुन: नियुक्त - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिलवाल राखेप सदस्यसचिवमा पुन: नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेशकुमार सिलवाल पुन: नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई ४ वर्षका लागि राष्ट्रिय खेलकुद परिषदकासदस्य सचिवमा नियुक्त गरको हो ।

तीन साता अघि पदमुक्त भएका सिलवाल खेलकुद विकास ऐन २०७७ लागु भएपछि पुन: आवेदन हालेर नियुक्ति लिन सफल भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरिएको छ । यसअघि पिताम्बर तिमल्सिना उपाध्यक्षका रुपमा रहेका थिए ।

गत वर्ष असार २३ गते पहिलो पटक सदस्य सचिव नियुक्त भएका सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी एवंम सदस्य राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि १८ असारमा पद मुक्त भएका थिए ।

विगतमा भन्दा छनोट प्रक्रिया फरक भएपनि राजनितिक नियुक्तिकै आधारमा उनले राखेपको सदस्यसचिवको नियुक्ति लिन सफल भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा रहेका सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्य सचिव नियुक्त भएका छन् ।

सम्बन्धित खवर