मंगलबार थप ३ सय ११ जनामा कोरोना पुष्टि, संक्रमित १९ हजार नाघ्यो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंगलबार थप ३ सय ११ जनामा कोरोना पुष्टि, संक्रमित १९ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ३ सय ११ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १३ हजार ८ सय ७५ जना उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ४९ पुगेकोे छ ।

सम्बन्धित खवर