झापाको बुद्धशान्तिमा हडिया खोलाले बगाउदा बालकको मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको बुद्धशान्तिमा हडिया खोलाले बगाउदा बालकको मृत्यु


झापा । झापाको बुद्धशान्ति गाउँपालिमा हडिया खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको अनुसार बुद्धशान्ति ३ निवासी पिपलबोटेका महेश राईको साढे ३ वर्षीय छोरा मौषम राईलाई खोलाले बगाउँदा मृत्यु भएको हो ।

बालक राई विहान १० वजे घर बाहिर खेल्ने क्रममा नजिकै रहेको हडिया खोलाले अचानक बगाएको अवस्थामा स्थानियले उद्धार गरी स्थानीय पोलिक्लिनिकमा लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी राकेश थापाले बताए ।

सम्बन्धित खवर