झापामा सशस्त्र प्रहरीका ३ सहित ४ जनामा कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा सशस्त्र प्रहरीका ३ सहित ४ जनामा कोरोना संक्रमित


झापा । झापाको लखनपुर स्थित रहेको सशस्त्र प्रहरी पाथीभरा गणका ३ जना जवानसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार चार जनामा संक्रमित देखिएका मध्ये तीन जना सशस्त्र प्रहरीका जवान रहेका छन् ।

त्यस्तै भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेकी एक जना महिलामा समेत संक्रमण देखिएको छ । उनी दमक वडा नम्बर ५ की हुन् ।

संक्रमितलाई उपचारमा लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

यो संगै झापामा कोरोना संक्रमितको कुल संख्या ३५५ पुगेको छ ।

सम्बन्धित खवर