थप २५९ कोरोना संक्रमित, जम्मा २१ हजार नाघ्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप २५९ कोरोना संक्रमित, जम्मा २१ हजार नाघ्यो


काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित को संख्या २१ हजार नाघेको छ ।

मंगलबार २ सय ५९ जना थपिए संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६ सय ८७ जनाको पीसीआर परिक्षण गरिएको मध्ये २ सय ५९ जना नयाँ संक्रमित थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ५८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १५ हजार २० जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ५८ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर