इलाममा थप १६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप १६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

मंगलबारे । इलाममा एकै दिन थप १६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बिहिबार ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आए संगैं कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना संक्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो ।

हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए ।

उनका अनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना संक्रमितको सङ्ख्या ७६ पुगेको छ ।

यसैगरि १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १ सय ५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टिनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो ।

कारोना फोकल पर्सन बरालका अनुसार इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई उनले आग्रहसमेत गरे ।

सम्बन्धित खवर