बिहिबार थप ३ सय ६० जनामा कोरोना पुष्टि, संक्रमित २१,७५० पुग्यो - Mangsebung News
  • बिहिबार, असोज ०८, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहिबार थप ३ सय ६० जनामा कोरोना पुष्टि, संक्रमित २१,७५० पुग्यो

काठमाडौं । नेपालमा थप ३ सय ६० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ६५ पुगेकोे छ ।

सम्बन्धित खवर