
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गरेको छ ।
सोमबार च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको हो ।
बार्सिलोनाले गत जनवरीमा अर्नेस्टो भालभर्डे बर्खास्त गर्दै बार्सिलोनाले ६१ वर्षीय सेटिनलार्ई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
तर, बार्सिलोनाले खराब प्रदर्शन गरेपछि सेटिन ७ महिनामै बर्खास्तमा परेका हुन् ।यसैगरि बार्सिलोनाले नयाँ प्रशिक्षक केहि दिनमा घोषणा गर्ने समेत जनाएको छ ।
सेटिनको नेतृत्वमा बार्सिलोनाले कुनैपनि उपाधी जीत्न सकेन ।