
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइपजिग प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली समय अनुसार मंगलबार राति १२:४५ बजे युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल खेलमा पीएसजी र लाइपजिग फाइनल पुग्न प्रतिस्पर्धा गर्ने भएका हुन् ।
पोर्चुगलको लिस्बनस्थित स्टाडियो डा लुज रंगशालामा दुबै टिमको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ । विजेताले फाइनलमा बायर्न म्युनिख र लियोनबीचको विजेतासँग खेल्नेछ ।
फ्रेन्च क्लब पीएसजी पछिल्लो समय निकै लक्ष्यमा रहेको छ । खेलाडी र टिमको हिसाबले पनि पीएसजी जर्मन क्लब भन्दा बलियो देखिएको छ ।
जर्मन क्लबविरुद्ध युवा स्टार केलियन एमबाप्पे प्लेइङ सेटमा रहेर मैदान उत्रने छन् भने अर्का फरवार्ड नेयमार समेत लयमा रहेका छन् । तर, गोलकिपर केइलर नाभास भने चोटका कारण मैदान बाहिर रहने छन् ।
लाइपजिग क्लब स्थापनाको ११ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुग्न चाहन्छ ।
