
एजेन्सी । फ्रन्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
मंगलबार राति सम्पन्न पहिलो सेमिफाईनल खेलमा जर्मन क्लब आरबी आईपजिगबिरुद्ध ३–० को जित निकाल्दै पीएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको हो ।
पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्णे दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरेका थिए ।
खेलको १३ औं मिनेटमा डी मारियाको फ्रिकिकमा मार्किन्होसले हेडमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम समयमा नेयमारको पासलाई सदुपयोग गर्दै डी मारियाले गोल गर्दै पीएसजीलाई २–० ले अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा उनै डी मारियाको पासमा जुआन बर्नाटले गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए ।
युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि च्याम्पियन्स लिगको ईतिहासमा पीएसजीले पहिलो पटक फाईनलमा स्थान सुरक्षित गरेको हो ।
