च्याम्पियन्स लिग : फाइनल पुग्न बायर्न र लियोन भिड्दै - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : फाइनल पुग्न बायर्न र लियोन भिड्दै

एजेन्सी । पोर्चुगलको लिस्बनस्थित स्टाडियो जोसे अल्भालाडे रंगशालामा च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुँदैछ ।

बुधबार राति नेपाली समय अनुसार १२:४५ बजे शुरु हुने युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेल बायर्न र लियोनबीच हुँदैछ ।

युरोपियन प्रतियोगितामा दुई टिमबीच ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा बायर्नले ४ खेल जित्दा लियोनले दुई जित निकालेको छ । दुई खेल बराबरीमा सकिएको थियो ।

दुबै टिमको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ । दुई टिमबीचको विजेताले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।

पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ ।

यस सिजन बायर्नलाई उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । बायर्नले आफुलाई प्रमाणित समेत गर्दै आईरहेको छ । बायर्नले क्वाटरफाइनलमा बार्सिलोनालाई ८-२ गोल अन्तरले हराएको थियो ।

सम्बन्धित खवर