
एजेन्सी । आठौं संस्करणको क्यारेवियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दै छन् ।
बुधबार ट्रीनिडाड एन्ड टोबेगोमा जमैका र सेन्ट लुसियाबिचको खेल नेपाली समय अनुसार साँझ ८:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको जमैका आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।
जमैका रोव्मन पावेलको कप्तानीमा मैदान उत्रने छ भने सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गर्ने छन् । तुलनात्मक रुपमा सेन्ट लुसिया माथी जमैका हाबी हुने देखिएको छ ।
जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।
ट्रिनबागो नाइट राइडर्स र बार्बाडोस ट्रिडेन्ट्सको विजयी सुरुआत

यसैगरि आठौं संस्करणको क्यारेवियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्स र बार्बाडोस ट्रिडेन्ट्सले विजयी सुरुआत गरेको छ ।
मंगलबार भएको उद्घाटन खेलमा ट्रिनबागोले गुयाना अमाजोन वारियसमाथि ४ विकेट तथा बुधबार बिहान सम्पन्न खेलमा बार्बाडोसले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्समाथि ६ रनले विजयी सुरुवात गरेको हो ।
तरौबास्थित ब्रायन लारा स्टेडियममा वर्षाका कारण १७ ओभरमा घटाइएको पहिलो खेलमा गुयानाले ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो ।
गुयानाका शिम्रोन हिट्मेयरले सर्वाधिक ६३ रनको अर्धशतकीय पारे खेले । यस्तै, रोस टेलरले ३३ तथा निकोलास पुरनले १८ रन बनाए ।
१ सय ४५ रनको लक्ष्या पच्छाएको ट्निबागोले १६.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेट्टायो । ट्रिनबागोको जितमा सुनिल नारायनले ५०, डरेन ब्रावोले ३० रनको पारी खेले ।
यसैगरी, दोस्रो खेलमा टस हारेर पहिले व्याटिङ गरेको बार्बाडोस ट्रिडेन्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५३ रन बनाएको थियो ।
पहिलो ३ विकेट सस्तैमा गुमाएको बार्बाडोसका लागि ज्यासन होल्डरले ३८, काइल मेयरले ३७, राशिद खानले २६ तथा मिचेल सान्टनरले २० रन जोडे ।
१ सय ५४ रनको लक्ष्य पाएको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले मात्र १ सय ४७ रन बनाउन सक्यो ।
