
एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी(ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने रहेको जमैका तलावाजले विजयी सुरुवात गरेको छ ।
बुधबार राति ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गर्दै सन्दीपको जमैकाले सुखद विजयी सुरुवात गरेको हो ।
सेन्ट लुसियाले दिएको १ सय ५९ रनको लक्ष्य जमैकाले १८ ओभर ५ बलमा पुरा गरेको थियो ।
जमैकाको जितमा आसिफ अलिले अविजित ४७ रन बनाए । यस्तै ग्लेन फिलिप्सले ४४ तथा रोभम्यान पोवेलले २६ रन बनाए ।
कार्लोस ब्रेथवेटले अविजित १८ रन जोड्दा आन्द्रे रसेलले १६ रन बनाए । यसैगरि जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले समान २/२ विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिएका थिए । आन्द्रे रसेलले पनि एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै नाजिबउल्लाह जाड्रनले २५ रन जोड्दा आन्द्रे फ्लेटचरले २२ रन बनाए ।
मार्क डियलले १७ तथा मोहमद नाबीले १३ रन जोडे । सेन्ट लुसियाका केस्रिक विलियम्सले २ विकेट लिए ।
जितसँगै जमैकाले १ खेलमा २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । जमैकाले अब ट्रीनबागो नाइट राईडर्ससँग खेल्नेछ ।
