
एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
आज (शनिबार) राति नेपाली समय अनुसार राति १२ बजे ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले तेस्रो खेलमा गुएना सँग प्रतिस्पर्धा गर्नेछ ।
वारियर्सविरुद्ध मैदान उत्रदा जमैका दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
वारियर्स समेत दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ट्रिनबागोसँग ४ विकेटले पराजित भएको वारियर्स दोस्रो खेलमा सेन्ट लुसिया जोउक्सलाई ३ विकेटले हराएको थियो ।
जमैका २ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । सामान खेलमा सामान अंक जोडेको वारियर्स दोस्रो स्थानमा रहेको छ ।
सन्दीप गुएनाविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।