सीपीएल : सन्दीपको शानदार प्रर्दशन, जमैकाको लगातार दोस्रो हार - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको शानदार प्रर्दशन, जमैकाको लगातार दोस्रो हार

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो पटक पराजित भएको छ ।

शनिबार राति ट्रीनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा क्रिकेट स्टेडियममा भएको खेलमा जमैका गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित भएको हो ।

टस जितेर फिल्डिङ रोजेसंगै १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो ।

जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । सन्दीप लामिछाने ३ बल खेल्दै शुन्य रनमा आउट भए ।

सुरुवातमा ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनाएको थियो ।

गुएनाका ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाएपनि अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेका थिएनन् ।

नेपालका सन्दीपले किफायती बलिङ प्रर्दशन गर्दै दुई विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिएका हुन् ।

उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए ।

सम्बन्धित खवर