
एजेन्सी । युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुदैछ ।
नेपाली समय अनुसार राति पौन १ बजे पोर्चुगलको लिस्बोनमा सुरु हुने फाईनल खेलमा उपाधीका लागि फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मनी क्लव बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुनेछ ।

फ्रान्सेली क्लब पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेको छ । यता जर्मन क्लब बायर्न म्युनिख भने छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका छन् ।
बायर्नका प्रशिक्षक हान्सी फिल्किले उत्साहपूर्ण सिजनलाई च्याम्पियन्स लिगको उपाधि सहित अन्त्य गर्न सबै चिज दिने बताएका छन् ।
बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
