च्याम्पियन्स लिग : बायर्न बन्यो छैठौं पटक च्याम्पियन - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : बायर्न बन्यो छैठौं पटक च्याम्पियन

एजेन्सी । युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि जर्मन क्लब बायर्न म्युनिखले छैठौं पटक जितेको छ ।

पोर्चुगलको लिस्बनमा स्टाडियो डा लुज रंगशालामा अवस्थित सम्पन्न फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न छैठौं पटक च्याम्पियन बनेको हो ।

बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले एकमात्र निर्णायक गोल गरेका थिए । उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए । यसपछि दुवै टीमबाट थुप्रै गोल गर्ने अवसरहरु प्राप्त भएपनि गोल भने गर्न सकेनन् ।

यो संगै बायर्न म्युनिखले छैठौं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो । यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो ।

यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।

सम्बन्धित खवर