सीपीएल : सन्दीपको २ विकेट, जमैकाको तेस्रो हार - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको २ विकेट, जमैकाको तेस्रो हार

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो पराजय भोगेको छ ।

बिहिबार बिहान सम्पन्न आफ्नो पाँचौ खेलमा जमैका तलाबाजले बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजय भोगेको हो ।

ट्रिनिडाड एन्ड टोबेगोस्थित क्वुइन्स पार्क ओभलमा सम्पन्न खेलमा सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो ।

केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाएपनि अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

जमैकाका लागि मुजिद उर रेहमानले ३ विकेट लिदा सन्दीपले २ विकेट लिएका थिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक–एक विकेट हात पारे ।

सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए । सन्दीपले सीपीएलको उत्कृष्ट प्रर्दशन जारी छ ।

बर्बाडोसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । नक्रमा बोनरले बनाएको ३१ रन सर्वाधिक स्कोर रह्यो । सन्दीप ४ रनमा नटआउट रहे ।

सन्दीपको टिम जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक जोडेको छ । उसले २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ ।

जमैका तालिकाको पाँचौ स्थानमा रहेकोे छ भने जित सहित बार्बाडोस ४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर