इंग्ल्यान्ड र पाकिस्तानको पहिलो टी–ट्वान्टी खेल वासआउट - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इंग्ल्यान्ड र पाकिस्तानको पहिलो टी–ट्वान्टी खेल वासआउट

एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र पाहुना टिम पाकिस्तानबीचको पहिलो टी–ट्वान्टी क्रिकेट खेल बर्षाका कारण नतिजाविहीन भएको छ ।

शुक्रबार राति म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा इंग्ल्यान्ड र पाकिस्तानबीचको खेल वर्षाको कारण नतिजाविहीन भएको हो ।

इंग्ल्यान्डले ब्याटिङ गरिरहदा खेल वर्षाका कारण प्रभावित भएको थियो । लामो समय वर्षा नरोकिएपछि खेल रद्द गरिएको थियो ।

खेल रोकिनु अघि इंग्ल्यान्डले १६ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ३१ रन जोडेको थियो ।

इंग्ल्यान्डका टम ब्यान्टनले ४२ बलमा ७१ रन बनाए । यस्तै डाविड मालनले २३ तथा कप्तान इयान मोर्गनले १४ रन बनाए ।

पाकिस्तानका इमाद वासिम र शादब खानले २-२ विकेट लिए । तीन खेलको सिरिज अन्तर्गतको दोस्रो खेल अगस्ट ३० र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।

सम्बन्धित खवर