कम्युनिटी शिल्ड : उपाधिका लागि लिभरपुल र आर्सनल भिड्दै - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कम्युनिटी शिल्ड : उपाधिका लागि लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी । कम्युनिटी शिल्ड फुटबलको उपाधिको लागि लिभरपुल र आर्सनलबिचको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

नेपाली समय अनुसार राति ९ः१५ बजे वेम्बली स्टेडियममा सुरु हुने फाइनल खेलमा लिभरपुल र आर्सनल भिड्ने भएका छन् ।

फाइनलका लागि मैदान उत्रदा दुबै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । दुबै टिम यस सिजन दोस्रो उपाधि जित्न चाहन्छ ।

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् । लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो ।

आर्सनलले एफए कप जितेको थियो । आर्सनलले चेल्सीलाई हराएर कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।

सम्बन्धित खवर