सीपीएल : सन्दीपको जमैकाले प्याट्रियट्सविरुद्ध छैटौं खेल खेल्दै - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपको जमैकाले प्याट्रियट्सविरुद्ध छैटौं खेल खेल्दै

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा प्याट्रियट्सविरुद्ध छैटौं खेल खेल्दैछ ।

ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत नेपाली समय आज (शनिबार) राति १२ बजे सुरु हुने जमैका सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध तेस्रो जितको खोजीमा छैटौं खेल खेल्नेछ ।

जमैकाको लागि अघिल्लो चरण प्रवेशको लागि जित निकाल्नु आवश्यक छ । यस सिजन दुई टोली पहिलो पटक आमनेसामने हुन लागेको हुन् । यस अघि भएको ४ भेटमा प्याट्रियट्स हावी हुँदै आएको छ ।

जमैका ५ खेलमा ४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । सामान खेलमा सामान २ अंक जोडेको प्याट्रियट्स तालिकाको अन्तिम स्थानमा रहेको छ ।

सन्दीप आफ्नो पूर्व क्लव समेत रहेको प्याट्रियट्सविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस सिजन निकै उत्कृष्ट बलिङ गर्दै आएका छन् । उनले ५ खेलमा निकै राम्रो इकोनोमीमा ७ विकेट लिन सफल छन् ।

सन्दीप लगातार तेस्रो पटक सीपीएल खेलिरहेका छन् । जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।

सम्बन्धित खवर